विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु

काठमाडौँ,५ भदौ  । विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ । मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ । मंकीपक्सको संक्रमण अफ्रिकी देशहरुमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले […]

पुरा पढ़नुश

अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

काठमाडौँ,४ साउन  । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ […]

पुरा पढ़नुश

मोदी युक्रेनको औपचारिक भ्रमणमा जादै

दिल्ली ,४ भदौ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘यो […]

पुरा पढ़नुश

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि

काठमाडौँ,४ भदौ  । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् । ‘इरानले सामाजिक ईन्जिनियरिङ् र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरू मार्फत यो गर्ने प्रयास […]

पुरा पढ़नुश

रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म

मस्को, २ भदौं  । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।   भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।   यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट […]

पुरा पढ़नुश

थाइल्याण्डमा २३ बर्षमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री

काठमाडौँ ,१ भदौ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बनेकी छन् । यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला थिइन् […]

पुरा पढ़नुश

शेख हसिना बिरुद्ध दायर भयो तेस्रो मुद्धा

काठमाडौं, ३० साउन । बंगलादेशका पुर्व प्रधानमन्त्री शेख हसिना बिरुद्ध थप मुद्धा दर्ता भएको छ ।   राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिना बिरुद्ध मुद्धा दर्ता गरेको हो ।   बंगलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको […]

पुरा पढ़नुश

बंगलादेशका हिन्दुको माग, ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

ढाका, २८ साउन । बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् ।   आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न पनि माग […]

पुरा पढ़नुश

साउने सोमवारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते

पटना, २८ साउन । बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]

पुरा पढ़नुश

अष्ट्रेलियाको हिल्टन होटलमा ठोक्कियो हेलिकप्टर

सिडनी, २८ साउन  । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । आइतबार स्थानीय समय अनुसार लगभग १ः५० बजे हिल्टन होटलको डबलट्रीमा विमानले ठक्कर दिएको थियो, लगत्तै आगलागी भएको छ । र, सो हेलिकोप्टर ठोक्किए पछि सम्भावित खतराका कारण सयौं पाहुनाहरूलाई बाहिर निकालिएको थियो । अधिकारीहरूले भनेका […]

पुरा पढ़नुश