बारा, १४ असार । अभद्र व्यवहार मुद्दामा फरार रहेका बारा प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको टोलीले फरार प्रतिवादी कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध २०८३ वैशाख १७ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही आदेशका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ।
