इजरायलमा हमला गर्ने हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी,रोयटर्सका पत्रकारको मृत्यु दुःखद घटनाः इजरायली सेना

बिदेश समाचार

तेल अबीब, २७ असोज । इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ ।

 

इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो ।

इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई मारेको थियो। कादीलाई इजरायलीहरूको अपहरण र हत्या गरेको आरोपमा सन् २००५ मा पनि पक्राउ गरिएको थियो ।

 

इजरायली सेनाका अनुसार पछि उनलाई हमासको बन्दी बनाएको आइडीएफ सिपाही गिलाड शालितको सट्टामा रिहा गरिएको थियो, जसले गत शनिवार इजरायल माथी हमला गर्ने मुख्य नेतृत्वदायी भुमिका खेलेका थिए ।

यसबारेमा हमासले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

 

इजरायलको सेनाले इजरायल–लेबनान सीमा नजिकै रोयटर्स पत्रकारसँग भएको घटनाबारे सचेत रहेको बताएको छ।

इजरायलको दिशाबाट प्रहार गरिएको क्षेप्यास्त्रले शुक्रबार दक्षिणी लेबनानमा अल जजीरा र एजेन्सी फ्रान्स प्रेसका एक रोयटर्स भिडियो पत्रकार इसाम अब्दल्लाहको मृत्यु भएको र छ जना अन्य पत्रकारहरू घाइते भएका छन् ।

घटनास्थलमा रहेका रोयटर्स भिडियोग्राफरका अनुसार सो घटनामा इजरायलको हात रहेको छ ।

‘हामी यसलाई हेर्दैछौं, हामी क्रस एक्जामिन गरिरहेका छौं। यो एक दुखद कुरा हो,’ इजरायली सेनाले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *