रसीद आलम, बिरगंज ,२७ असोज ।
बिल बिजक भन्दा बढीका औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज २६ मा राति ११:०० बजे बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका गण्डकस्थित सडकखण्डमा ना.४ ख ५०१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
ट्रक र सोभित्र लोड रहेको सामानहरूको रू.५९ लाख १८ हजार ७ सय ७२बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।