रसीद आलम, बारा,१८ असोज ।
जिल्ला प्रहरी कार्यालयले बाराको विभिन्न ठाउँहरुमा छापामारी गरि भारी मात्रामा अबैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको जनाएको छ।
बुधबार बारा प्रहरीको टोलीले बाराको पचरौता न.पा.वडा नं.८ छपकैयामा ५ ठाउँमा र आदर्शकोतवाल गा.पा.वडा नं.६ पटेर्वामा २ ठाउँमा छापामारी गरि मदिरा राख्ने ७६ वटा ड्रम तथा मदिरा तयार पार्ने ५ वटा मेशिन बरामद गरि नियन्त्रणमा लिएको छ।
सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ४० हजार लिटर तथा तयारी घरेलु मदिरा ५ हजार लिटर बरामद गरि नष्ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।