बङ्ग्लादेश साफ च्याम्पियनशिपकाे फाइनलमा

खेलखुद

भुटानलाई आठ–शून्य गोलको फराकिलो अन्तरले हराउँदै बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।

दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा बङ्ग्लादेशलको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र तोहुरा खातुनले एकरएक गोल गरे ।

योसँगै बङ्ग्लादेश दोस्रो पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेको बङ्ग्लादेश भारतसँग तीन–एक गोलले पराजित भएको थियो ।

यसैबीच आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *