सुनको भाउ एक हजारले घट्यो

बिजेनेश

केही दिनदेखि लगातार घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *