असोज २९ बारा रसीद आलम
जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्दै अगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उदेश्य अनुरूप सिमावर्ती क्षेत्रलाई कडाई गरेका छन ।
सिमावर्ती भारतीय जिल्लाहरूबाट अवैध हातहतियार नेपाल भित्रिन नदिन सिमावर्ति इलाकामा जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालन भएका प्रहरी टोलीले प्राप्त गोप्य सूचनाको आधारमा मिति २०७९/०६/२५ गते अं.१७:०० बजेको समयमा जिल्ला बारा पचरौता न.पा वडा नं.९ तियर खोला पुल स्थित जिल्ला बारा पचरौता न.पा.वडा नं.८ बाजोपट्टी टोल बस्ने जादो राय यादवको छोरा वर्ष २९ को अमर राय यादवलाई निजले बोकी ल्याएको प्लाष्टिकको बोराको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध घरेलु कटुवा पेस्तोल एक थान र AK-47CCCP कम्पनीको चक्कु एक थान फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको र बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।