काठमाडौँ ,५ असोज । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी असोज ७ गतेदेखि पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले पहिलो चरणमा देशभरका दुर्गम तथा पारदर्शी मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने बताउनुभयो।
शाहका अनुसार, स्वास्थ्य सेवा अभावमा पछाडिएका स्थानलाई प्राथमिकता दिइएको छ। “स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच हुनु आधारभूत अधिकार हो। दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य हो,” उहाँले उल्लेख गर्नुभएको छ।
एम्बुलेन्स वितरणका लागि पालिका छनोट गर्दा पारदर्शी मापदण्ड अवलम्बन गरिएको र यो अभियान सुरुवात मात्रै भएको मेयर शाहले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार, कसैले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो।
