सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको कडा निगरानी, अवाञ्छित गतिविधि देखिए तत्काल जानकारी दिन अनुरोध

समाचार

काठमाडौँ, ५ असोज ।
चाडपर्वको अवसरलाई लक्षित गरी आपराधिक गतिविधि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षामा अझै प्रभावकारी परिचालन भइरहेको जनाएको छ ।

सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय सीमाबाट हुनसक्ने चोरी–तस्करी, घुसपैठ तथा अतिक्रमणजस्ता गतिविधि नियन्त्रणमा पूर्ण प्रतिबद्धता जनाउँदै सीमा क्षेत्रमा खटिएका समकक्षी निकायहरुसँग निरन्तर समन्वय भइरहेको जनाएको हो ।

साथै, हालको जटिल सुरक्षा अवस्थालाई दृष्टिगत गरी आपराधिक समूहहरूले सीमाको दुरुपयोग गर्न सक्ने भएकाले त्यस्ता गतिविधि कतै देखिएमा तत्काल जानकारी दिन आम सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार सीमा अपराध वा सशस्त्र प्रहरीका कुनै कर्मचारी नै अवाञ्छित क्रियाकलापमा संलग्न भएको देखिएमा हटलाइन नं. ९८५१२६१२०० (SMS, WhatsApp, Viber) वा टोल–फ्री नं. १११४ मा जानकारी दिन सकिनेछ ।

प्रधान कार्यालयले आम नागरिकलाई सहकार्य गर्न आग्रह गर्दै यस किसिमको सूचनाले सीमा अपराध नियन्त्रणमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *