कार्तिक ७ बारा रसीद आलम
जिल्ला प्रहरी कार्यालय बाराले पचास लाख बराबरको खानेतेल चोरी गरी बिक्रि वितरणमा संलग्न ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
मिति २०७९/०६/२८ गते बेलुकी अंदाजी १६:४२ बजेको समयमा जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि. बहुअरी बाराबाट प्रसोधित तेल एक लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलोग्राम प्रदेश २-०३-००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी अंजनी कैरियर वीरगंज पर्सामार्फत सिन्धुली जिल्ला स्थित रोबिन सप्लायर्स प्रा.लि.कमलामाईमा पुर्याउनको लागि जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.१ बस्ने सुकमान तामाङ्गले चलाई लगेको ट्रकमा उक्त प्रसोधित तेल सम्बन्धित प्रा.लि.मा नपुर्याई ट्रक सहित चालक समेत सम्पर्क विहिन भई बेपता भएको घटना बारा प्रहरी लाई जानकारी हुन साथ अनुसन्धान तहकिकात गर्दै जाँदा रौतहट जिल्लाको गौर न.पा.१स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्था चोरीको तले मध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद भएको जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी गराएका छन ।
उक्त वारदातमा संलग्न जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.१ घर भई हाल काठमाण्डौ बस्ने वर्ष ४३ को सुकमान तामाङ्ग, जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. ६ घर भई हाल ऐ. गौर नगरपालिका वडा नं. १ बस्ने सुरेन्द्र साह कलवारको छोरा वर्ष ३८ को रमेश कुमार ,जिल्ला रौतहट बृन्दावन नगरपालिका वडा नं. ६ हर्साहा बस्ने शेख मोरसलिमको छोरा वर्ष ३८ को शेख कलाम ,जिल्ला रौतहट बृन्दावन नगरपालिका वडा नं. ८ बस्ने दुखा साह तेलीको छोरा वर्ष ४७ को बैधनाथ साह तेली समेत चारै जना लाई पक्राउ गरि चोरी तथा डाँका सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।
