कार्तिक- ७ पर्सा सोमबार रसिद आलम भारतको रक्सौलबाट बिरगंज तर्फ आइरहेको एक ट्रकले मितेरी पुलको भारतीय स्थलमा ठक्कर दिदा एक भारतीय ब्यक्ति घटना स्थलमा मृत्यु भएको छ । सोमबार दिउँसो दुई बजेको समयमा जिल्ला बारा लिपनी गाउँपालिका वडा नं ४ बस्ने पनालाल रामको छोरा वर्ष ३९ को रामवृक्ष राम चलाइरहेको ना.३ ख ९५९८ को मालबाहक टिपर भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा भारतीय नागरिक करिब ३८/४० वर्षीय विश्वनाथ साहको टिपरको टायरबाट कुल्चिएर टाउको घाँटीको भागबाट छुदी टाउको दुई टुक्रा भएको अवस्थामा मृत्यु भएकोछ । घटनास्थल भारत तर्फ भएकोले तत्कालै भारतीय प्रहरीले लासलाई पोस्टमाट्र्मको लागि लागेको र टिपरपनि भारतिय प्रहरीले अनुसन्धानको लागि लागेको प्रहरी चौकी ईनार्वाको वरिष्ठ स.ई. टेक बहादुर कार्कीले जानकारी दिएका छन । टिपर चालक प्रहरी चौकी इनर्वाको नियन्त्रणमा रहेको कार्किले बताएका छन ।