कार्तिक- ८ पर्सा मंगलबार जुवातास खेलिरहेको अवस्थामा पर्सा र मकवानपुरको विभिन्न ठाउँबाट ३७ जना ब्यक्तिलाई पक्राउ गरिएको जानकारी नेपाल प्रहरीले दिएको छ। वीरगंज महानगरपालिका-१७ पर्सा अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार १ सय ९० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा ३३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजाम जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार रुपैयाँ, कौडा १३ थान र तास १३ बुक सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी प्रेस बिज्ञयप्ती मार्फत गराएको छ ।