कार्तिक ११ शुक्रबार काठमाडौं, काठमाडौं नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा १८ जना ब्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नागार्जुन नगरपालिका-८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडा सहित पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।