सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ को आयोजनामा छपकैया-२ स्थित छठघाटको सरसफाइ कार्यक्रम सम्पन्न भएको सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिएका छन ।
सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको छठघाट सरसफाइ कार्यक्रममा बिरगंज महानगर पालिकाका उपमेयर ईम्तियाज आलमको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलि , वडा सदस्य बसिर मिया हजाम , पिर महम्मद , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , सामुदायिक सेवा केन्द्र छपकैया-२ का बरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , सदस्य अजित भुजेल , अब्दुल कैश तेलि , कमल महतो , प्रहरी बिट छपकैया-२ का प्रहरी सहायक निरीक्षक काम बहादुर गुरुङ , प्रहरी हवल्दार देवेन्द्र पटेल लगायतकाको उपस्थिति रहेको अब्दुल कैश तेलीले जानकारी दिएका छन ।