कार्तिक १२ शनिबार बिरगंज (सम्वादाता-मकबुलजी) छठ पर्व नेपाल र भारत लगायत बिश्वका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण महान पर्व हो। यो पबित्र पर्वमा षष्ठीभगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको सुख र कल्याणको कामना गर्ने गरिन्छ। यो पर्व हिजो शुक्रबार देखि शुरु भएको एक भक्तजनले जानकारी दिएका छन ।नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ ।केही समय अगाडि सम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठी माताको पुजा आराधना गरी मनाउने गरिन्छ। यस पर्वको अवसरमा कार्तिक महिनाको, पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट षष्ठी का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा अन्य समुदायका व्यत्तिले पनि उत्साह निष्ठापूर्ण सहभागी भइ यो पर्व बिधिबतरूपमा मनाउछन। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ। त्यसैगरी छाला सम्बन्धी रोगका निदानका लागि , पुत्र प्राप्तिका लागि,र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भई नजिकको पोखरीमा जलाष्य गरी छठ पुजा गर्छन्। छठेरूहरुले पबित्र पुजा गर्न पुजा सामग्रीहरु जस्तै उखु ,केराको बोट, बेसार , अदुवा, नरियल, जौ, ठेकुवा , फलफूल, मिठाई आदि जस्ता सामाग्रीको आवश्यक्ता पर्दछ। छठ पर्व विशेष गरी हाम्राे देश नेपाल र छिमेकी देश भारतमा बढी प्राथमिकताका साथ मनाउने गरिन्छ। हाम्रो तराईको वीरगञ्जमा पनि विभिन्न ठाउँहरूमा धेरै उत्साह निष्ठापूर्ण जोरसोरले मनाउने गर्छन् जस्तै घडिअर्वा पोखरी ,छपकैया पोखरी ,अलौ सिरिस्या, नगवा पोखरी ,इनर्वा पोखरी , मुर्ली पोखरी ,आदि जस्ता ठाउँलाई दुल्हन जस्तै सिङ्गारि मनाउने गर्छन्।