बिरगंजमा एटिएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको दुई जना पक्राउ:प्रहरी ।

प्रदेश
कार्तिक २१ मधेस प्रदेश । सोमबार
पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरि नियन्त्रणमा लिएको हो।
उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी नेपाल प्रहरीले दिएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *