मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ।

प्रदेश समाचार

रसीद आलम ।
मधेस प्रदेश , २० मंसिर ।

जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका – २ का २० वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका – ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *