तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते।

समाचार
रसीद आलम ।
काठमाडौं, २० मंसिर ।
काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
 मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको  अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने  २२ वर्षीय  उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।
कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ  ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *