दुई दर्जनभन्दा बढी मोटरसाईकल नियन्त्रणमा।

समाचार

रौतहट ,२८ असोज ।

रौतहट प्रहरीले २७ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनरुप असोज २६ गते चेकीङ क्रममा मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ।

मोटरसाईकल चालकहरुले आफ्नो तथा बाटोमा हिडडुल गर्ने मानिसहरुको सुरक्षाको ख्याल नगरी ओभर स्पिडमा बाईक गुडाउने, मादक पदार्थ सेवन गरी बाईक गुडाउने, स्लेटर दवाई मोटरसाइकलबाट बढी आवाज निकाल्ने, क्षमता भन्दा बढी तिन जना चढने, हेल्मेट नलगाउने, सवारी अनुमती पत्र तथा सवारी दर्ता किताब नबोक्ने आरोपमा २७ वटा मोटरसाईकल आवश्यक कारवाहीको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *