रौतहट ,२८ असोज ।
रौतहट प्रहरीले अमेरिकन पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही न.पा. वडा नं.६ बस्ने बिल्टु यावदवको छोरा वर्ष ५६ को भोला राय यादव रहेको प्रहरीले जनाएको छ।
असोज २५ गते राति १० बजेको समयमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरी टोलीले देवाही गोनाही न.पा. वडा नं.६ कर्कच स्थित दुर्गा मेला लागेको स्थानमाबाट यादवलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए।
शंका लागी चेकजाँच गर्दा निजको साथबाट एक साईडमा अटोमेटिक पिस्टल मेड ईन युएसए अर्को साईडमा अटो पिस्टल ९एम एम ९ राउन्ड लेखिएको पेस्तोल एक थान, मैग्जिन एक थान,९ एम एमको गोली- ४ राउण्ड र सर्ट गनको गोली २ राउण्ड फेला परेकाले निज भोला राय यादवलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको डिएसपी रायले जानकारी गराएका छन् ।
