श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो

खेलखुद समाचार

काठमाडौँ, २३ कार्तिक । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अल आउट भएको थियो ‍।

यो न्यूजील्याण्डको यस विश्वकपमा पाँचौं जित हो। यो जितपछि न्यूजील्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा कायम रहेको छ। अब न्यूजील्याण्डको सेमिफाइनलमा पुग्ने नपुग्ने निर्णय पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि हुनेछ।

अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दै छ।

त्यस्तै यो हारपछि श्रीलंका २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन असफल भएको छ। यस विश्वकपमा ९ खेलमा २ खेल जितेको र ७ खेलमा हार बेहोरेको श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *