डेंगु नियन्त्रण सम्बन्धि घरदैलो कार्यक्रम सम्पन्न ।

प्रदेश
मधेस प्रदेश , कार्तिक २१ गते सोमबार ।
बिरगंज,समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा डेंगु नियन्त्रण सम्बन्धि घरदैलो कार्यक्रम घुसुकपुर छपकैया मा सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्रका-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित घुसुकपुर टोलमा डेंगु बाट वचन, डेंगुको नियन्त्रण ,डेंगु भएमा के गर्ने सम्बन्धि पर्चा पम्पलेट बितरण गरि सचेत रहन समेत आग्रह गरिएको स्थानीयले जानकारी गराएका छन ।
बडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा डेंगु बाट वचन आफ्नो वरिपरि पानी जाम्न नदिन ,सरसफाइमा ध्यान दिन ,लामखुट्टे मार्न औषधि छर्न जस्ता आदि ज्ञानमुलक कार्यक्रम सम्पन्न भएको सामुदायिक सेवा केन्द्रका-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन ।
सो कार्यक्रममा बडा नं.२ का बडा सदस्य वसिर मिया हजाम ,महिला बडा सदस्य रम्भा देवी ,सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष अब्दुल हक, सचिब प्रविण बिक्रम शाह, कोषाध्यक्ष प्रेमा कुमारी खत्री , सहसचिव मदन गुप्ता , सदस्य साहेब हुसेन,जेयाउल हक समानी,अरुण गोयल,प्रहरी बिट छपकैयाका प्र.स.नि.काम बहादुर गुरुङ,प्र.ह.सचिन्द्र साह कानु ,प्र.ह. देवेन्द्र कुमार पटेल , सन्चारकर्मी रसीद आलम लगायत स्थानिय बुद्धिजिविहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *