कार्तिक २३ बुधबार
रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित संजय होटलबाट अवैध लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका-६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै राईले प्रयोग गरेको ना.४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरि पर्साको वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिरगंज महानगरपालिका-१३ बस्ने ४० वर्षीय सिकिन्द्र गिरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट साँधुबाबाको भेसमा नेपालबाट भारततर्फ जाँदै गरेका पैदलयात्री भारत घर भएका ४० वर्षीय संजय रायलाई अवैध लागूऔषध गाँजा २ केजी सहित सोमबार साँझ पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ् ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।