इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि।

खेलखुद
रसीद अलाम।
बिरगंज , २७ कार्तिक
अष्ट्रेलियमा भर्खरै सम्पन्न टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो ।
फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रन बनाएपछि इंग्ल्यान्डले १३८ रनको लक्ष्य पाएको थियो ।
८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *