मंसिर १ गतेदेखि पर्साका सीमा नाका बन्द हुने।

समाचार
रसीद आलम।
वीरगञ्ज, २९ कार्तिक
भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।  मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
मंसिर १ गते रातिको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताए । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको थियो ।   
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *