बलात्कारबाट बसेकाे गर्भ पतन गराउने पक्राउ

समाचार
बारा, ३० कात्तिक
बलात्कारबाट बसेकाे गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरि गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
गर्भवती नाबालिकालाई तेलीले ललाईफकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी उपर जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *