पर्सा प्रहरीद्वारा १ करोड भन्दा बढीका अबैध सामानहरुसहित ट्रक पक्राउ।

समाचार

रसीद आलम, बिरगंज ,११ माघ।

बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका १ करोड भन्दा बढीका सामानहरू लोड रहेको एक ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

चेकजाँच गर्ने क्रममा सन्कास्पद बिल बिजक देखिएको ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकलाई बिरगंजको गण्डकचोकमा नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।

डिएसपी थापाका अनुसार माघ १० गते राती १०:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमान्डौंतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई चेकजाँच गर्दा अनलाईन भिसिटिएस विलमा उल्लेखित भन्दा बढी लोडरहेको रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको बताएका छन् ।

नियन्त्रणमा लिएको उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू रू.१ करोड १३ लाख १८ हजार ८ सय ९० बराबरको मुल्यांकन गरि ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *