बारामा ६६.८७ प्रतिशत मत खस्यो

प्रदेश
मधेस प्रदेश ,बारा, मंसिर ४
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत बारामा ६६.८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले बताएको छ । जिल्लाभर ४ लाख ३३ हजार ५ सय ४ जना मतदाता थिए जसमध्य २ लाख ८९ हजार ८ सय ४१ मत मतदान गरिएको हो ।
बारामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बारामा ३ सय ५ मतदान स्थल र ५ सय ५५ मतदान केन्द्र छन् ।
जिल्लाको मतदान सामान्य हिसावमा सकिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । योसँगै मतपेटिका संकलन सुरु गरिएको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *