गरिब बिपन्न परिवारहरुलाई कम्बल बितरण कार्यक्रम ।

समाचार

रसीद आलम ।पर्सा ,बिरगंज ,पुस २८ ।अल मंसुर फाउण्डेसन र राईजिङ्ग बीरगंज नेपाल छपकैया -२ को विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बि.म.न.पा.वडा नं.२ छपकैया स्थित घुसुकपुर टोलमा गरिब बिपन्न परिवारहरुलाई कम्बल बितरण कार्यक्रम सम्मपन गरिएको छ ।
उक्त कार्यक्रममा गरिब बिपन्न परिवारहरुलाई प्रचण्ड चिसो मौसमबाट बचाउन १०४ थान कम्बल  बितरण गरिएको  सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन ।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा, वडा समिति कार्यालय वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख आतिथ्यमा, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि.मनिष लौडारी , वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि बिशाल मल्ल ज्युको बिशिष्ट आतिथ्यमा, सामुदायिक सेवा केन्द्रका संरक्षक श्याम शर्मा , अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानीको आतिथ्यमा सो कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका  उपाध्यक्ष अब्दुल हक ,कोषाध्यक्ष प्रेम कुमारी सिंह ,सचिव प्रबिण बिक्रम शाह ,सदस्य  अजित भुजेल  सामुदायिक प्रहरीका प्र.स.नि.ईन्दीवर चौधरी,प्र.ह.देवेन्द्र कुमार पटेल लगायत स्थानीय वासिहरुको उल्लेखनीय  उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *