स्रोत नखुलेको रकमसहित एक जना पक्राउ।

समाचार

मोरङ, २८ पुस ।  विराटनगरबाट स्राेत नखुलेकाे रकमसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *