प्रधानमन्त्री सुशीला कार्कीको सन्देश : “फागुन महिना, निर्वाचन महिना”

राजनीति समाचार

काठमाडौ ,१ फागुन ।
सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचन लक्षित सन्देश दिँदै फागुन महिनालाई “निर्वाचन महिना” का रूपमा उल्लेख गर्नुभएको छ। उहाँले पाथीभराबाट शुभारम्भ गर्दै देशभर शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न होस् भन्ने कामना व्यक्त गर्नुभएको हो।

उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ–
“फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”
प्रधानमन्त्रीको उक्त सन्देश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। निर्वाचनको माहोल तातिँदै गएको सन्दर्भमा उहाँको सन्देशलाई शान्ति, स्थिरता र लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धताको रूपमा हेरिएको छ।

राजनीतिक दलहरू घरदैलो, सभा–सम्मेलन तथा प्रचारप्रसारमा सक्रिय भइरहेका बेला शीर्ष नेतृत्वबाट आएको शान्तिपूर्ण निर्वाचनको आह्वानले सुरक्षा निकाय र मतदातामा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।
विशेषगरी पवित्र धार्मिक स्थल पाथीभराबाट सुरुवात गरिएको सन्देशले आध्यात्मिक तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत अर्थ राख्ने विश्लेषकहरूको भनाइ छ।

देश संघीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत आगामी निर्वाचनको तयारीमा जुटिरहेको अवस्थामा प्रधानमन्त्रीको सन्देशले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आह्वान गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *