रुन्चे मदनको गोदाममा छापामारीको क्रममा वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव

समाचार

बिरगञ्ज, १ फागुन।
भन्सार छली गरी चोरी पैठारी गरेर भित्र्याइएका सामानहरू गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा छापा मार्न पुगेको संयुक्त सुरक्षा टोलीमाथि आक्रमण भएको घटनामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार मिति २०८२ साल माघ २६ गते बिहान करिब १०:३० बजे जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित वर्ष ५० का ‘रुन्चे मदन’ भनेर चिनिने मदन गुप्ताको गोदाममा भन्सार छलीका सामानहरू अनाधिकृत रूपमा भण्डारण गरिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको थियो।

संयुक्त टोलीमाथि ढुंगा प्रहार र तोडफोड

छापा मार्न सशस्त्र प्रहरी बल गुल्म हे.क्वा. वीरगञ्जका डीएसपी विकास अधिकारीको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत १३ नं. गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृतसहितको संयुक्त टोली खटिएको थियो।

टोली गोदाममा पुगेपछि केही व्यक्तिहरूले घेरा हाल्दै ढुंगा–मुडा तथा भाठा प्रहार गरेको, साथै सुरक्षाकर्मीका सवारी साधनमा तोडफोड गरेको प्रहरीको भनाइ छ।

आक्रमणका क्रममा सुरक्षाकर्मीमाथि ज्यान जोखिममा पार्ने प्रयास भएको भन्दै प्रहरीले गम्भीर आपराधिक कसूरअन्तर्गत मुद्दा अघि बढाएको जनाएको छ।

७ दिनको म्याद थप, थप अनुसन्धान जारी

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई पर्सा जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र बनाएको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू
१. प्रमोद कुमार कानु (वर्ष ४६), घडिअर्वा, वडा नं. १०, वीरगञ्ज
२. दिपराज सहनी मलाह (वर्ष ३८), छप्कैया, वडा नं. १, वीरगञ्ज
३. कुन्जन सर्राफ (वर्ष २०), वडा नं. १०, वीरगञ्ज
४. प्रभु महतो (वर्ष ४०), रक्सौल, मोतीहारी, बिहार, भारत
५. पृतम कुमार चौधरी (वर्ष ३५), भागलपुर, भारत
६. श्रीचन्द्र प्रसाद साह (वर्ष ५५), विन्दवासिनी गाउँपालिका–५, पर्सा

सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती
वीरगञ्ज भारतसँग सिमाना जोडिएको प्रमुख व्यापारिक नाका भएकाले यहाँ भन्सार छली तथा अवैध सामान ओसारपसारका गतिविधि बेलाबेलामा सार्वजनिक हुने गरेका छन्। पछिल्लो घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढेको संकेत गरेको सुरक्षा स्रोतले जनाएको छ।
प्रहरीका अनुसार गोदाममा भण्डारण गरिएका

घटनाको निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *