२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप, मुद्दाकाे अर्को पेसी ९ माघमा।

समाचार

काठमाडौं, २९ पुस

बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै‌ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो । लामिछानेको शुक्रबार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो ।

उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।

क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले  ९ माघका लागि पेसी तोकिदिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्धा लडन बिहीबार आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रीय कारागरबाट रिहा भएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *