सवारी साधनको प्रदुषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको कडा पहल

बिदेश राजनीति समाचार

काठमाडौ ,६ माघ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सवारी साधनको प्रदुषण नियन्त्रण गर्न सवारी धनीहरूलाई सवारी साधनको अवस्था राम्रो राख्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रदुषणको मात्रा उच्च रहेको भन्दै सवारी साधनलाई मर्मत तथा सरसफाइ गर्न अनुरोध गरेका हुन्।

महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधनहरूको प्रदुषण जाँच गरिरहेको छ। वातावरण सुधारका लागि महानगरले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ लागू गरेको छ।

मापदण्डअनुसार पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि कार्बन मोनोक्साइडको मात्रा तथा धुवाँको घनत्व तोकिएको छ। जाँचका क्रममा तोकिएको सीमा नाघेमा प्रदुषण मापदण्ड उल्लङ्घन भएको मानिनेछ।

महानगरको यो कदमले वातावरणीय प्रदुषण घटाउन र जनस्वास्थ्य सुधार गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *