३ लाख २३ हजारको चोरी पैठारीका विभिन्न किसिमका सामानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको : पर्सा प्रहरी ।

समाचार

रसीद आलम, बिरगंज ,१६ असोज ।

पर्साका विभिन्न नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी कार्यालयबाट तस्करहरुद्वारा भन्सार छली चोरी पैठारी गरी ल्याएका सर्टिङ थान कपडा-१२४ मिटर ,कुर्ता सुरवाल-४८ पिस, सलको थान कपडा-२४० मिटर, चामल-६ बोरा, चिनी-७७  के.जी.,रेडबुल-८८ पिस, ग्याँस सिलिण्डर-३ थान, ग्याँस चुल्हा-२ पिस, केराउ-५० के.जी.,Cotco चक्लेट-२६४ प्याकेट, प्याज-१८९ के.जी.,Hero speed meter-४ पिस,पास्ता-५ के.जी.,गोल्ड तेल-४५ लिटर र सुरवाल-६४ पिस बरामद गरीएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

बरामद गरिएका सामानहरुको रू. ३ लाख २३ हजार ३ सय पन्चान्वे बराबरको मुल्यांकन गरिआवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *