रसीद आलम,बिरगंज ,१५ असोज ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले रु.५७ लाख ८५ हजार ६ सय ६२ मुल्यको विभिन्न सामानहरु पक्राउ गरि भन्सार बुझाइ् नेपाल सरकारको राजस्वमा बृदि गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल गण न.१३ हे.क्वा.पर्साको मातहत यूनिटहरुले पर्सा जिल्लाको विभिन्न ठाउँहरुबाट २०८० साल आश्विन १ गते देखि १४ गते सम्म काठ ११२ पिस रु.२ लाख ५३ हजार ४ सयको ,बोईलर कुखुरा ८५ के.जी.रु.२२ हजार ५ सयको,औषधीहरु २ झोला रु.९६ हजार एक सय १३ को,हुण्डी रुपैया भारतीय भारु ५०० को १०० वटारु.८० हजार ,लत्ता कपडा २० बोरा रु.२१ लाख ६८ हजार ६ सय ४१ को,खाद्यान्न रु.२ लाख ५१ हजार १ सय ४८ को,हार्डवेयर ११ झोला रु.७० हजार ४ सय ६० को,किराना सामान ३ बोरा रु.२३ हजार २ सयको,पशु चौपाय ५ वटा रु.४५ हजार ८ सयको,मदिरा २९० लिटर रु.४४ हजार ४ सयको,मोटर साईकल २ वटा रु.१ लाख ५ हजारको,कार १ वटा रु.२५ लाखको,ई-रिक्सा १ वटा रु.१ लाखको र साईकल ४ वटा रु.२० हजार को
जम्मा गरि रु.५७ लाख ८५ हजार ६ सय ६२ बराबरको विभिन्न सामानहरु बरामद गरि भन्सार बुझाईएको सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जनाएका छन् ।
त्यस्तै पर्सा जिल्लाको विभिन्न ठाउँहरुबाट २०८० साल आश्विन १ गते देखि १४ गते सम्म लागुओषध गाँजा १० के.जी.,प्रतिबन्धित लागु औषध नोफिन १२० एम्पुल,डाईजापाम १२० एम्पुल र फेनार्गन १२० एम्पुल बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए ।