पर्सा :अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा प्रहरीको छापा ,अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ बरामद ।

समाचार

रसीद आलम,बिरगंज ,१५ असोज ।

बिरगंजको एक किराना स्टोरको गोदाममा अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २३२५ के.जी.केराउ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा सोमबार बेलुका ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्ड बस्ने वर्ष ४६ को अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ २५ के.जी का दरले ९३ बोरा जम्मा २३२५के.जी.बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

बरामद गरिएको केराउको बजार मुल्य रू.२ लाख ७९  हजार बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *