रसीद आलम,बिरगंज ,१४ जेठ ।
सत्मार्ग फाउन्डेसनका जिल्ला कार्य समिति पर्साको तर्फ बाट जिल्ला अध्यक्ष एवम सामाजिक अभियन्ता मेराज मिया र संस्थाका केन्द्रिय अध्यक्ष तबरेज आलमको संयुक्त पहल तथा अगुवाइमा बिरगंज महानगरपालिका वडा २२ अन्तरगत पर्ने जगरनाथपुर टोल स्थित रहेको श्री एस के अकेडेमी र सनराइज बोडीङ्ग स्कुलको परिसरमा विभिन्न किसिमका प्रजातीहरुको बिरुवाहरू बृच्छारोपन कार्यक्रम सम्पन्न भएको सत्मार्ग फाउन्डेसन पर्साले जनाएको छ।
“नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो र रुख बिरुवाहरू पृथ्वीकै सबभन्दा अमुल्य धन हो जसले मानव लगायत सम्पूर्ण जीवित प्राणीहरुलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले फाइदा पुरयाईरहन्छ, त्यसैले हामी प्रकृति जोगाउने कार्यमा पनी अग्रसर रहनु पर्छ” भनी संस्थाका जिल्ला अध्यक्ष मेराज मियाले बताएका छन् ।
कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई पनी वृक्षारोपनमा संलग्न गराई यसका आवश्यकता र फाइदाबारे विद्यार्थीमाझमा चर्चा गर्दै जानकारी गराइएको केन्द्रिय अध्यक्ष तबरेज आलमले जनाएका छन् ।
त्यस्तै ,पर्साको प्रहरी चौकी परवानीपुरमा सत्मार्ग फाउन्डेसनले बिरुवा हस्तान्तरण गरेको छ ।
फाउडेसनका अध्यक्ष तबरेज आलमले प्रहरी चौकीका वरिष्ठ सई गोरख शाहीलाई फल फुलका बिरुवाहरु हस्तान्तरण गरेका छन् ।
बिरगंज महानगरपालिकाको बिभिन ठाउँमा अनेक प्रजातीका बिरुवाहरु रोपने कार्य भएको अध्यक्ष आलमले जानकारी गराएका छन् ।
” बढदो प्रदुषणको मध्य नजर गर्दै मानव जातिको स्वास्थयमा प्रदुषणको प्रतिकुल असरबाट जोगाउन तथा स्वच्छ वातावरण हरा भरा बनाउने उदेश्यले बृक्षा रोपन गर्ने अनिवार्य रहेको” आलमले बताएका छन् ।
सो कार्यक्रममा संस्थाका सदस्यहरु, स्थानीय वासि तथा बुद्धीजीविहरू लगायत बिधालयका शिक्षक र विधार्थीहरुको उपस्तिथी रहेको थियो।
