चाँदीका औठी र पाउजुहरू सहित एक जना महिला बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,१४ जेठ ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको अवस्थामा जिल्ला पर्सा वीरगञ्ज म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० को उमा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जेठ १२ गते  विहान ४:०५ बजेको समयमा  वीरगञ्ज म.न.पा. वडा नं.१६ रजतजयन्ति स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाका वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा  भारत रक्सौलबाट पैदल संकास्पद रुपमा पैदल हिडि वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेकी उमा देवी भनिने महिलाको खानतलासी गर्दा निजले  बोकेको सेतो झोलाभित्र प्लाष्टिकले बेरी लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु-३९ जोर, औठी- ९५ पिस जम्मा (तौल २१०८ ग्राम) गरगहनाहरू फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिईएको हो।

पक्राउ परेकी उमा देवी र उक्त चाँदीको मुल्य रु. १,१२,०१६।– ( एक लाख बाह्र हजार सोह्र)  बराबरको मूल्याकंन गरि आवश्यक कारवाहीको लागि जेठ १४ गतेमा राजश्व अनुसन्धान कार्यालय पथलैया मा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *