२ करोडको रक्तचन्दनको तेलसहित आठ जना पक्राउ

समाचार

रसीद आलम।

काठमाडौं, १४ जेठ

रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ ।

पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन् ।

उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *