सुनसरी, वैशाख १८
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक नियन्त्रणमा लिइएको छ।
नं. १ बराह बाहिनी मुख्यालय र सुरक्षा बेस धरानको संयुक्त टोलीले उक्त ट्रक नियन्त्रणमा लिई चालक र सहचालकलाई समेत पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
