प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन

समाचार

कपिलवस्तु, चन्द्रौटा ,२१ माघ।
वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुको परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन भव्य रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। उक्त भवन युनाइटेड किङ्डमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (UNOPS) मार्फत योजना कार्यान्वयन गरी निर्माण गरिएको हो।

समारोहलाई सम्बोधन गर्दै प्र.म.नि. कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रले पीडितमैत्री, सुरक्षित र विश्वासिलो वातावरणमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले समाजमा बढ्दै गएको घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसम्बन्धी समस्याको प्रभावकारी सम्बोधनका लागि यस्ता पूर्वाधार अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, UNOPS का प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ सेवा केन्द्र सञ्चालनमा आएपछि न्यायमा पहुँच, परामर्श सेवा र संरक्षणसम्बन्धी काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नव–निर्मित भवनबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका उजुरी, परामर्श, संरक्षण तथा समन्वयात्मक सेवाहरू एकै स्थानबाट प्रदान गरिने प्रहरी प्रशासनले जनाएको

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *