बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

वीरगञ्ज,२१ माघ।
बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रमोद प्रसाद गुप्ताको जाहेरीमा बादी नेपाल सरकार र प्रतिवादी जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १९ निवासी ३२ वर्षीय अनिल कुमार गुप्ता विरुद्ध दर्ता भएको बैंकिङ कसूर मुद्दा (मुद्दा नं. ०८०–८१–०९१२) मा सम्मानित पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै रु. ५,००,००० (पाँच लाख) जरिवाना, ३ दिन कैद तथा रु. २०,००० (बीस हजार) पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको थियो।

अदालतको उक्त फैसलापछि फरार रहेका प्रतिवादी अनिल कुमार गुप्तालाई मिति २०८२/१०/१९ गते साँझ करिब ५:०० बजे कारागार कार्यालय पर्सा नजिकको सडकखण्डबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात उनलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बैंकिङ कसूर लगायत विभिन्न आपराधिक मुद्दामा फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

पक्राउ परेका व्यक्तिको विवरण:
१. जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १९ निवासी, वर्ष ३२ का अनिल कुमार गुप्ता।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *