रसीद आलम, बिरगंज ,१६ असोज ।
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मंगलवार राति १:०० बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विलविजकभन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
ट्रक र सो भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरूको रू.७७ लाख ३६ हजार सन्ताउन बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन् ।