सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजना तथा जिल्ला बिपत व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको सहयोगमा न्यानो कम्बल बितरण ।

समाचार

बिरगंज , माघ १ ,रसीद आलम ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला बिपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा गरिब बिपन्न बर्गलाई न्यानो कम्बल बितरण गरिएको छ।

पर्सा जिल्ला बि.म.न.पा.वडा -२ छपकैया स्थित श्रीराम हलको प्राङ्गणमा  गरिब बिपन्न परिवारहरुलाई १०० थान कम्बल बितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का  अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिएका छन ।

सामुदायिक सेवा केन्द्र छपकैया-२ का  अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र बीरगंज
महानगरपालीकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आतिथ्यमा, जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी महेशराज तिम्लिसीना, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ. निर्मल बुढाथोकी,वडा समितिको कार्यालय वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको बिशिष्ठ अतिथ्यतामा र वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि बिशाल मल्लको अतिथ्यतामा सो कार्यक्रम सु- समपन्न भएको छ ।


उक्त कार्यक्रममा सिमा प्रहरी चौकी छपकैयाका प्र.ब.ना.नि.अशोक बस्नेत,  वडा सदस्य बसिर मिया हजाम ,सामुदायिक सेवा केन्द्रका संरक्षक श्याम शर्मा , बरिष्ठ उपाध्यक्ष अब्दुल हक ,
सचिव प्रबिण बिक्रम शाह,सदस्य अजित भुजेल,टिका प्रसाई , सामुदायिक प्रहरी सेवा केन्द्रका प्र.स.नि.ईन्दीवर चौधरी,प्र.ह.देवेन्द्र कुमार पटेल लगायत स्थानीयवासिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *