मोरङमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु, चालक नियन्त्रणमा

समाचार

मोरङ, साउन १ । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय करिब ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *