विपद् जोखिम न्यूनीकरणमा सहकार्य आवश्यक: गृहमन्त्री अर्याल

समाचार

काठमाडौँ ,१८ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकार, नागरिक, सामुदायिक तथा व्यवसायिक संस्थाबीच समझदारी विकास गरी काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको मर्मअनुसार कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै त्यसमा सरकार गम्भीर रहेको जानकारी दिए।

हाल भइरहेको अविरल वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाउँदै उनले क्षति शून्य रहोस् भन्ने उद्देश्यका साथ सरकार सक्रिय रहेको स्पष्ट पारे। यसक्रममा कमी–कमजोरी नहोस् भनी सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको उनको भनाइ थियो।

त्यसैगरी, विपद् व्यवस्थापनलाई आर्थिक लाभ उठाउने अवसरका रूपमा प्रयोग गर्ने तत्वहरूलाई कडाइका साथ निगरानी गर्न मातहतका संयन्त्रलाई निर्देशन दिएको पनि गृहमन्त्री अर्यालले जानकारी गराए। सुशासन विपद्का बेलामा अझ महत्वपूर्ण हुने उनको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *