अविरल वर्षाले ललितपुर र झापामा जनजीवन प्रभावित, नेपाल प्रहरीले गर्यो उद्धार र पहिरो हटाउने कार्य

समाचार

असोज १९, ललितपुर/झापा ।असोज १८ गते देखि  निरन्तर परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा जनजीवन प्रभावित बनेको छ। ललितपुर जिल्लाको गोदावरी नगरपालिका–५ खत्रीगाउँस्थित लेले–कन्ज्योसोम जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ। उक्त बाटोमा आवागमन पूर्ण रूपमा ठप्प भएपछि नेपाल प्रहरीको टोली खटिइ पहिरो हटाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

त्यस्तै, अविरल वर्षाका कारण झापा जिल्लाको भद्रपुर नगरपालिका–५ का विभिन्न स्थानहरूमा बाढीको उच्च जोखिम सिर्जना भएपछि नेपाल प्रहरीले स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव तीव्र बनेको र जोखिमयुक्त क्षेत्रका घरपरिवारलाई पूर्वसावधानी स्वरूप उद्धार गरी सुरक्षित क्षेत्रमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, आवश्यक परेमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहकार्यमा थप उद्धार कार्यका लागि तयारी अवस्थामा टोलीहरू राखिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *