पर्सा ,१४ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले छ लाखभन्दा बढी मूल्यका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ।
प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा लत्ताकपडा, खाद्यान्न, जुत्ता-चप्पल लगायतका अन्दाजी रु. ६,८०,६८० (छ लाख अस्सी हजार छ सय अस्सी) बराबरका सामान बरामद गरेको हो।
बरामद सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि मिति २०८१।११।१३ मा भन्सार कार्यालय वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले भन्सार छलीका सामानहरूको नियन्त्रण र कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।
